दार्चुला सदरमुकामको गल्फै क्षेत्रमा निषेधाज्ञा जारी

0
1050

दार्चुला, असोज १५ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नगरपालिकाको वडा नं ५ को गल्फै र ऐरान क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । विहिबार आएको कोरोना परिक्षणको रिर्पाेटमा कन्ट्याक्ट टे«सीङमा परेका उक्त क्षेत्रका केहि जनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै बसपार्क देखि धौलिगाड खोला सम्म गल्फै र ऐरानको सम्पुर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो । उक्त क्षेत्रमा अत्यावस्यक सेवा र कार्यहरुका लागि विहान ७ बजे देखि ९ बजे सम्म र बेलुका ५ः३० बजे देखि ६ः३० बजे सम्म खुला रहने र औषधि पसलहरु २४ सै घण्टा खुला रहने बताइएको छ ।


यो पनि पढ्नुहोसः दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण