दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण

0
813

दार्चुला, असोज १५ गते ।
दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार तीन जना महिला सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये महाकाली नगरपालिकाका तीन जना महिला र ११ जना पुरुष तथा लेकम गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
महाकाली नगरपालिकाका कोरोना संक्रमण देखिएकाहरु मध्ये ४ जना सशस्त्र प्रहरी र १० जना कन्टेक्याट टे«सिङमा परेका रहेका छन् भने लेकममा कोरोना पुष्टि भएका ब्यक्ति भारतबाट आएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्की बताउनुभयो । यो संगै दार्चुलामा कुल कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमध्ये ८० जनाले कोरोना जितेका छन् भने १९ जना संक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा हाल सम्म २ हजार ८ सय २ जनाको कोरोना परिक्षण गरिएको छ ।