नेपाल भारत सिमा बैठक: निर्वाचन देखि तटबन्ध लगायतका विषयमा छलफल 

0
583

दार्चुला, बैशाख २५ गते ।


दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरू बिच शनिबार सदरमुकाम खलंगामा सीमा समन्वय बैठक बसेको छ ।

विशेष परिस्थिति बाहेक दुई, तिन महिनामा एक पटक नियमित नेपाल भारत सिमा समन्वय बैठक बस्ने गरेको छ । यसभन्दा अघि भारतको  पिथौरागढमा भौतिक उपस्थितिमा नेपाल भारत सिमा समन्वय बैठक बसेको थियो भने २०७८ माघमा भर्चुअल माध्यमबाट बैठक बसेको थियो ।
नेपाल भारत सिमा समन्वय बैठकमा स्थानीय तह निर्वाचन २०७९ का लागि सिमा सिल गर्ने, सिमा सुरक्षा, तटबन्ध, मोटरवेल पुल, नयाँ झोलुंगे पुल सञ्चालनलागू औषध ओसार पसार नियन्त्रण सम्बन्धी छलफल गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको नेपाल भारत सिमा समन्वय बैठकमा छिमेकी राष्ट्र भारतबाट पिथौरागढ जिल्लाका अपर जिल्लाअधिकारी  फिंचा राम चौहानको नेतृत्वको टोली सहभागी भएको थियो ।
नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,सशस्त्र प्रहरी बल ४४ नम्बर गणका एसपी त्रिभुवन विष्ट,जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतिक विष्ट र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दार्चुलाका प्रमुख महेश प्रसाद अवस्थीको सहभागिता रहेको थियो । त्यस्तै महाकाली नदि नियन्त्रण आयोजनाका निमित्त आयोजना निर्देशक कमलसिह महत, सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साँउद, सिमा प्रशासन कार्यालय दार्चुलाका शाखा अधिकृत मोहनसिह धामी र महाकाली नदि नियन्त्रण आयोजनाका इन्जिनियर स्मित श्रेष्ठ सहभागी रहेका थिए ।
त्यस्तै भारतको तर्फबाट पिथौरागढ जिल्लाका अपर जिल्ला अधिकारी चौहनको नेतृत्वमा कमान्डेट एसएसबी एकके शर्मा,एसएसवि डेपुटी कमाण्डेट अमित कुमार,धारचुलाका एसडिएम नन्दन कुमार र धारचुला पिथौरागढको प्रहरी निरिक्षक कुवरसिह रावतको सहभागिता रहेको थियो ।