भारतले धौलिगङ्गा बाधका ढोका खोल्दै, महाकाली नदी छेउका नागरिकलाई सतर्क रहन आग्रह 

0
617
धौलीगङ्गा परियोजनाको बाँध, फोटोः एनएचपीसी

दार्चुला, बैशाख २३ गते ।

भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलिगङ्गा जलविद्युतका बाधका ढोकाहरु खोल्ने भएको छ ।

बाधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।
जलविद्युत परियोजनाको बाधमा पानीको प्रवाह वृद्धि भइरहेको तथा केही मर्मतको काम भइरहेकाले बाधका ढोकाहरु जुनसुकै बेला खोलिन सक्ने विषयमा भारतको एनएचपिसि लिमिटेडले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । २०७० सालमा भारतले नेपाली पक्षलाई जानकारी नगरी बाधका ढोका खोल्दा दार्चुला सदरमुकाम खलंगामा ठुलो क्षति पुगेको थियो ।