नेपालबाट कोरोना संक्रमित पठाउने अफवाहले जौलजिवी देखी कालापानी सम्म एसएसवी अर्लट

0
1344

विरा दत्त भट्ट, दार्चुला ।

नेपाल भएर कोरोना संक्रमित पठाउन सक्ने सनसनी पुर्ण समाचार भारतीय मिडियामा आएपछि भारत यतिबेला तरंगीत भएको छ । सिमा क्षेत्रमा हुने आवत जावत निरिक्षणका लागी एसएसवी लाई अर्लट गरिएको छ । भारतको पिथौरागढ जिल्ला अन्र्तगतको डिडिहाट एसएसवि ११ वि बाहिनीका सेनानी जौजिवी देखि कालापानी सम्मको निरिक्षणका लागी गएका छन् । भारतीय सशस्त्र सिमा बल एसएसविका अधिकारीहरुले जवानहरुलाइ सतर्क रहन निर्देशन दिएका छन् । डिडिहाट एसएसवि ११ वि बाहीनीका प्रभारी सेनानी महेन्द्र प्रताप जौजजिवि देखी कालापानी सम्मका बोडर आउट पोस्टहरुको निरिक्षणका लागी हिडेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । भारतीय सशस्त्र सिमा बलले विहार प्रशासनलाई नेपाल भएर कारोना संक्रमित ब्यक्तिहरु भारत पठाउने तयारी भइरहेको बारे जानकारी दिएको थियो । उक्त जानकारी पश्चात एसएसवी अर्लट भएको अमर उजालाले लेखेको छ । नेपाल भारत सिमामा कडा सुरक्षा ब्यवस्था पारिएको र महाकाली नदि किनारमा राती समेत गस्ती गरिने एसएसबीका अधिकारीहरुले बताएका छन् ।


धारचुलामा एसएसवि र प्रहरीको संयुक्त बैठक


नेपाल भारत सिमामा कडा सुरक्षा निगरानीका लागी धारचुलामा प्रहरी र एसएसविको संयुक्त बैठक बसेको छ । पिथौरागढ प्रहरीका पुलीस उप–अधिरक्षक विमल कुमार अध्यक्षतामा बसको बैठकले नेपाल भारत सिमामा हुने आवत जावतलाई पुर्ण रुपमा बन्द गर्ने विषयमा छलफल गरेको छ । बैठकमा एसएसबिका असिसटेन्ट कमान्डेन्ट विएन पाण्डे, निरिक्षक मानसिह र थानाध्यक्षको सहभागिता रहेको थियो ।