दार्चुलामा ४ सय ६० जनाको कारोना परिक्षणका लागि स्वाब संकलन

0
936

विरा दत्त भट्ट, दार्चुला ।

दार्चुलामा ४ सय ६० ब्यक्तिहरुको कोरोना परिक्षणका लागी थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाको र कैलास एयरको हेलीकोप्टरमा काठमाण्डौबाट आएका चिकित्सकहरुको टोलीको नेतृत्वमा दार्चुला जिल्लाका विभिन्न ६ स्थानहरुबाट स्वब संकलन गरेको छ । टोलीले क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरि जिल्ला भरिबाट ४ सय ६० जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।
अपिहिमाल गाउँपालिकामा १ जना महिला र ५ जना पुरुष गरि ६ जना, मार्मा गाउँपालिकामा १ जना महिला र १ सय ३८ जना पुरुष गरि १ सय ३९ जना, नौगाड गाउँपालिकामा ४५ जना पुरुष, शैल्यशिखर नगरपालिकामा ६३ जना पुरुष, मालिकार्जुन गाउँपालिकामा १६ जना पुरुष, लेकम गाउँपालिकामा ४ जना पुरुष, दुहु गाउँपालिकामा ५ जना महिला र ३३ जना पुरुष गरि ३८ जना, ब्यास गाउँपालिकामा १ जना महिला र ३७ जना पुरुष गरि ३८ जना र महाकाली नगरपालिकामा १२ जना महिला र ९९ जना पुरुषको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।

दार्चुला जिल्लाका विभिन्न ६ वटा स्थानहरुबाट स्वाब संकलन गरिएको विबरण स्रोतः स्वास्थ्य कार्यालय दार्चुला


महाकाली नगरपालिकामा भने क्वारेन्टाइनमा बसेका बाहेक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र विपद् ब्यवस्थापनमा खटिएका ब्यक्तिहरुको स्वाब परिक्षण गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल जिरा रावतले जानकारी दिनुभयो । जसमध्ये ८६ जना होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु हुन् भने २५ जना सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र विपद् ब्यवस्थापनमा खटिएका ब्यक्तिहरु रहेको उहाँले बताए ।
स्वाब संकलन गरिएको रिर्पाेट आउन भने कम्तीमा ३ दिन लाग्ने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ ।
नेपाली सेनाको हेलीकोप्टर सुरुमा शैल्यशिखर नगरपालिकामा स्वास्थ्य सामग्री र काठमाण्डौ बाट आएका एक जना स्वास्थ्य कर्मी छोडेर दार्चुला सदरमुकाम खलंगा आएको थियो । खलंगा बाट स्वाब परिक्षण गरि पुनः गोकुलेश्वर गएर संकलन गरिएका स्वाबहरु लगेर नेपाली सेनाको हेलीकोप्टर फिर्ता भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।
कैलाश एयरको हेलीकोप्टरले सुरुमा मार्मा गाउँपालिकाको लटिनाथमा स्वास्थ्य सामग्री र एक जना काठमाण्डौ बाट आएका स्वास्थ्यकर्मी छोडेर नौगाड गाउँपालिकाको दल्लेख पुगको थियो । दल्लेखमा पनि स्वास्थ्य सामग्री र एक जना काठमाण्डौ बाट आएका स्वास्थ्यकर्मी छोडेर दुहु गाउँपालिकाको हिकिला उडेकोे थियो । हिकिलामा पनि एक जना काठमाण्डौ बाट आएका स्वास्थ्यर्मी र स्वास्थ्य सामग्री छोडेर ब्यास गाउँपालिकाको हुती उडेको थियो । हुतीमा स्वाब संकलन गरि हुती बाट हिकिला, दल्लेख र लटिनाथ बाट संकलन गरिएका स्वाब लगेर कैलास एयरको हेलीकोप्टर दार्चुलाबाट उडेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले जानकारी दिएका छन् । सुदरपश्चिम प्रदेशमा कोरोना प्रभावित मुलुक भारत बाट ठुलो संख्यामा मानिसहरु आएकाले सरकारले सुदुरपश्चिम प्रदेशमा कोरोना परिक्षण प्राथमीकता दिएको छ ।