पिथौरागढमा होम क्वारेन्टाइन उलङ्घन गर्ने ३ जना विरुद्ध मुद्दा दर्ता

0
1100

दार्चुला, चैत्र २९ गते ।

पिथौरागढमा होम क्वारेन्टाइन उलङ्घन गर्ने ३ जना विरुद्ध भारतीय प्रहरीले मुद्दा दर्ता गरेको छ । पिथौगढको विभिन्न गाउँका रविन्द्र सिह रावत, सुरेस प्रसाद उप्रेती र दिपक कुमार विरुद्ध प्रहरीले मुद्धा दर्ता गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । यि तिनै जनालाई प्रहरीले क्वारेन्टान नियमको पालना गर्न पहिले निर्देशन दिएको थियो । गस्तीमा गएका बेला प्रहरीले घरमा भेटाएको थिएन ।
पिथौरागढ प्रहरी प्रमुख एबं एसपी प्रति प्रियदर्शनीले कारोना भाइरस संक्रमण रोकथामका लागी होम क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई प्रहरीले निगरानी गरिरहेको र होम क्वारेन्टाइन नियमको उलङ्घन गर्नेलाई कडा कारवाही गरिने बताएका छन् । पिथौरागढ जिल्ला भरि १२ सय १८ जना होम क्वारेन्टाइनमा बसेका छन् ।