महाकाली नदी तरि नेपाल आउन लागेका ७ जनालाई भारतीय प्रहरीले रोक्यो

1311

विरा दत्त भट्ट, दार्चुला ।
महाकाली नदी तरेर नेपाल प्रबेश गर्न लागेका ७ जनालाई भारतीय प्रहरीले रोकेको छ । भारतको छरछुमबाट महाकाली नदी तरेर नेपाल प्रबेश गर्न लागका ७ जनालाई सिमा चौकी छरछुुम बाट गस्तीमा गएको प्रहरीले महाकाली नदीमा किनारमा देखेपछि सोधपुछ गरि रोकेको धारचुलाका पत्रकार शालु दतालले बताएका छन् ।
सोमबार बिहान ५ बजे मल्ला छरछुमको महाकाली नदी किनारबाट नेपाल प्रबेश गर्न खोजेका नेपालीहरुले ग्राम गेला मदकोटमा गणेष दानु ठेकेदारसंग काम गर्ने बताएका छन् ।
नयाँ बर्षमा आफ्नो घर जान लागेको उनिहरुले भारतीय प्रहरीलाई बताएका छन् ।
नेपाल प्रबेश गर्न खोज्नेहरुमा नौगाड गाउँपालिका वडा नं २ का सागर ठगुन्ना, मोहन ठगुन्ना, करन सिह धामी, नरेश टमटा, प्रकाश सिह धामी, बहादुर राम टमटा र मानवीर टमटा रहेको भारतीय प्रहरीले जनाएको छ । सबैजनालाई ठेकेदार संग सम्पर्क गरि पुनः मदकोट नै पठाइएको पत्रकार दतालले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !