नारायण आश्रम जोड्ने छोटो सडक सञ्चालन

0
1171

दार्चुला, चैत्र ७ गते । 
भारतको ग्राम सोसा क्षेत्रमा रहेको नारायण आश्रम जोड्ने छोटो सडक सञ्चालनमा आएको छ । नेपाली सीमा क्षेत्रमा रहेको यस आश्रमलाई सडकमार्गले जोडेको भएपनि धार्चुला तहशिलबाट ५४ किलोमिटर लामो सडकका कारण पर्यटक तथा त्यस क्षेत्रमा पुग्ने साधु सन्तहरूलाई समस्या हुने गरेको थियो ।

भारत सरकारले हाल तवाघाट–ठाणिधार हुँदै पांगु जोड्ने सडकको निर्माण गरेपछि नारायण आश्रम पुग्न सहज हुने भएको छ । तवाघाट–ठाणिधार हुँदै पांगु जोड्ने सडकको सञ्चालन आएपछि भारतको धार्चुला तहशिल बाट नारायण आश्रम सम्मको दूरी ३२ किलोमिटर मात्र भएको छ । दुई वर्ष अघि नै तवाघाट–ठाणिधार सडकको ट्रयाक खोलिएको भएपनि बर्सादका कारण ठाउँठाउँमा अवरुद्ध बनेको थियो । अवरुद्ध सडक मर्मत गरिएपछि हाल सडक सञ्चालनमा ल्याइएको छ । नारायण आश्रम जोड्ने छोटो सडक सञ्चालनमा आएपछि पर्यटक र धार्मीक आस्थावान व्यक्तिहरूका साथै पागुं, सोसा, लगायत चौदास घाटीका स्थानीयलाई सहज भएको छ । धेरै बर्ष पहिला दक्षिण भारतीय एक जना साधु नाराण स्वामीले नियाङ क्षेत्रको पहाडमा आश्रमको स्थापना गरेका थिए । हाल यस आश्रमलाई गुजराजको एक ट्रस्टका साथै स्थानीय ट्रस्टले सञ्चालन गरेको छ ।