दार्चुलाका प्रहरी प्रमुख डीएसपी भट्टको सरुवा

0
583

दार्चुला, चैत्र ९ गते ।
दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टको सरुवा भएको छ ।

२०७७ फागुन देखि दार्चुलाको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका भट्टको झण्डै १४ महिनामा जिल्ला प्रहरी कार्यालय बाकेमा काज सरुवा भएको छ । भट्ट संगै नेपाल प्रहरीका २५ जना डीएसपीहरुको काज सरुवा भएको छ ।
दार्चुलाका प्रहरी प्रमुख भट्टको सरुवा भएसंगै उहाँको ठाउँमा २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, धनुषा बाट डीएसपी प्रतिक विष्ट दार्चुला आउन लागेका छन् ।