धार्चुला लिपुलेक सडक अन्र्तगतको कुलागाडको पक्कीपुल बाढीले बगायो

0
849

दार्चुला, असार २५ गते ।
भारतको धार्चुला–लिपुलेक सडक अन्र्तगतको कुलागाडमा रहेको पक्की पुल बाढीले बगाएको छ । बुधबार राती आएको अविरल बर्षादका कारण कुलगाडको पुल बाढीले बगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कुलागाडमा रहेको पक्की पुल बगाउदाँ भारतको नेपाल तथा चीन सीमा संगको यतायात सम्पर्क विच्छेद भएको छ । कुलागाडमा रहेको पक्की पुल बगाउदाँ नेपालको तिग्रम पुल भएर तथा महाकाली नदीमाथी तुइन तरेर दार्चुला सदरमुकाम आवत जावत गर्ने ब्यास क्षेत्रका नागरिकहरु समेत मर्कामा परेका छन् । पुल बगेपछि उक्त क्षेत्रमा आवत जावतका लागि विजुलीका पोलहरुको प्रयोग गरि अस्थायी पुल बनाइएको छ ।