कोरोना खोप लगायतका विविध माग सहित शिक्षकहरुको आन्दोलन जारी

0
481

दार्चुला, असार २५ गते ।
नेपाल शिक्षक महासंघको चौथो चरणको आन्दोलन अन्र्तगत दार्चुलाका शिक्षकहरुले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।

विद्यालय जस्तो भिडभाड हुने क्षेत्रमा काम गर्ने शिक्षक तथा कर्मचारीहरुलाई कोरोना खोप उलपब्ध गराउनुपर्ने लगायतका माग गर्दै शिक्षकहरु धर्नामा बसेका हुन् । नेपाल शिक्षक महासंघ जिल्ला समिति दार्चुलाका पदाधिकारी तथा अन्य शिक्षकहरुको टोलीले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाको कार्यालयमा तीन घण्टा धर्ना दिएको नेपाल शिक्षक महासंघ जिल्ला समिति दार्चुका अध्यक्ष राजेश सिह सामन्तले जानकारी दिनुभयो । चौथो चरणको आन्दोलन अन्र्तगत नेपाल शिक्षक महासंघ जिल्ला समिति दार्चुलाले आफ्ना मागहरु राख्दै धर्ना दिनुका साथै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष सामन्तले जानकारी दिनुभयो । खोप नलगाएकै अवस्थामा काम गरिरहेका दार्चुला शिक्षक, विद्यालय कर्मचारी तथा १८ बर्ष माथिका विद्यार्थीहरुलाई खोप लगाइनुपर्ने नेपाल शिक्षक महासंघ दार्चुलाको माग छ । साथै सरकारले नयाँ आर्थिक बर्षको बजेट बक्तब्यमा उल्लेख गरे अनुसारको विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, लगायतका विभिन्न ३४ सुत्रिय माग सहित हाल नेपाल शिक्षक महासंघ देशैभर आन्दोलित रहेको छ । शुक्रबार दार्चुलामा गरिएको आन्दोलनमा नेपाल शिक्षक महासंघ दार्चुलाका पदाधिकारी सहित विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको नेपाल शिक्षक महासंघ दार्चुलाका अध्यक्ष राजेश सिह सामन्तले जानकारी दिनुभयो ।