कृर्षि ज्ञान केन्द्र दार्चुलाले आँप र लिचीका बोटहरु वितरण गर्ने

0
581

दार्चुला, असार १८ गते ।
कृर्षि ज्ञान केन्द्र दार्चुलाले आँप र लिचीका बोटाहरु विरतण गर्न लागेको छ ।

असार १९ गते देखी कृर्षि ज्ञान केन्द्र दार्चुलाको कार्यालय तथा गोकुलेश्वरबाट बिरुवाहरु वितरण गरिन लागेको कृर्षि ज्ञान केन्द्र दार्चुलाका प्रमु्ख प्रकास कुमार पन्तले जानकारी दिनुभयो । रौतहटबाट ल्याइएका राम्रो जातका आँप र लिचिका झण्डै साढे ६ हजार बोटहरु ७५ प्रतिशत अनुदानमा वितरण गरिने उहाँले बताउनुभयो । कृषकले एउटा बोट खरिद गर्दा ११ रुपैयाँ २५ पैसा तिर्नुपर्नेछ । समुद्री सतहबाट आठ सय मिटर सम्मको उचाईमा आँप र लिची राम्रो फल्ने भएकाले महाकाली र चौलानी क्षेत्रका भु–भागहरुलाई लक्षित गरि बोटहरु वितरण गर्न लागिएको कृर्षि ज्ञान केन्द्र दार्चुलाका प्रमुख पन्तले बताउनुभयो । बोटहरु सिमित भएकाले कृषकहरुलाई समयमै सम्पर्क गरि बोटविरुवा लग्न उहाँले आग्रह गर्नुभएको छ ।