विषादी सेवन गरेका बृद्धको उपचारका क्रममा मृत्यु

0
689

दार्चुला, असार १८ गते ।
विषादी सेवन गरेका एक जना वृद्धको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको छ ।

महाकाली नगरपालिका वडा नं ४ खलंगामा बस्दै आएका बर्ष ७० का पदम बहादुर बस्नेतले बुधबार राती १० बजे तरकारीमा हाल्ने विष सेवन गरेको भनि आफन्तले उपचारका लागि अस्पताल पुगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं प्रहरी प्रबत्ता नरेन्द्र बहादुर चन्दले बताउनुभयो । खलंगाको तल्लासैन बस्दै आएका बृद्धको विहिबार साझँ उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । शुक्रबार शबको पोष्टमार्टम गरि आफन्तले शब बुझिसकेको प्रहरीले जनाएको छ ।