धार्चुलामा ट्राफिक ब्यवस्था सुधार गर्न छलफल

0
825

दार्चुला, फागुन १९ गते ।
दार्चुला संग सिमा नाका जोडिएको भारतको धार्चुला बजारमा ट्राफिक ब्यवस्थामा सुधार गर्ने विषयमा छलफल गरिएको छ ।

धार्चुला नगरपालिकाका अध्यक्ष राजेश्वरी देबिको पहलमा मंगलबार भएको छलफल कार्यक्रममा नगरमा रहेका समस्याहरुका साथै यातायात क्षेत्रको ब्यवस्थापन लगायतका विषयमा छलफल गरिएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखको छ । विभिन्न क्षेत्रका अधिकारीहरुका साथै ब्यापारी, सवारी साधन चालक लगायतको सहभागिता रहेको उक्त बैठकले ट्राफिक ब्यवस्थापनमा सबैले हातेमालो गरेर समस्या समाधान गर्न सकिने साझाँ धारणा बनाएको छ ।
यातायात ब्यवसायी धार्चुलाका अध्यक्ष केसर सिहले धार्चुला बजारमा पार्कीङको समस्या रहेको बताएका छन् । पार्किङको ब्यवस्था नहुदा बजारमा पार्कि गरेका सवारी साधनहरुको प्रहरीले जरिवाना गर्ने उहाँले गुनसो गर्नुभयो । बैठकमा धार्चुलाका कोतवाल प्रभात कुमारले पसलेहरुले सडकमा सामान फिजाउने भएका कारण यतायात ब्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । धार्चुला ब्यापार मण्डल संघका अध्यक्ष भुपेन्द्र थापाले यस विषयमा ब्यापारीहरु संग छलफल गरि समाधान गरिने बताएका छन् । यातायातको समस्या समाधाना लागि सबैले मिलेर समाधान गर्नुपर्ने धार्चुला नगरपालिका अध्यक्ष राजेश्वरी देबीको भनाई छ । बैठकमा पुर्व पालिका अध्यक्ष अशोक नवियाल, पालिका सभासद प्रेमा कुटियाल, बेला शर्मा, प्रेमा गब्र्याल, प्रभारि तहशिलदार एसडी शर्मा लगायत जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।