प्रमुख जिल्ला अधिकारी पोखरेलको विदाई

0
659

दार्चुला, फागुन २० गते ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको विदाई गरिएको छ ।

दार्चुलाको प्रमुख जिल्ला अधिकारी रहेका पोखरेलको गृह मन्त्रालयको गत फागुन १४ गतेको बैठकले मोरङमा सरुवा गरेको थियो । सरुवा भएका प्रमुख जिल्ला अधिकारीको कर्मचारी मिलन केन्द्र दार्चुलाको आयोजनामा विहिबार विदाई गरिएको छ । दार्चुलाका नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयबाट सिद्धराज जोशी आउनुहुनेछ । जिल्ला प्रशासन कार्यालयमा २०७७ असार देखि प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालेका पोखरेलको आठ महिनामै सरुवा भएको छ ।

यो पनि पढ्नुहोसः स्थिर सरकारका अस्थिर सिडिओहरू