धार्चुलामा छोराको विहेकै दिन बुवाको कोरोनाले मृत्यु

0
1084
सांकेतिक तस्बीर

दार्चुला, बैशाख १० गते ।
भारतको धार्चुलामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धार्चुलाका स्थानिय निरञ्जन कुटियालको कोरोना संक्रमणका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारी डाक्टर सेवा बाट रिटायर्ड कुटियालले धार्चुलामा क्लनीक सञ्चालन गर्दै आएका थिए । विहिबार उनको स्वास्थ्यमा समस्या भएपनि पिथौरागढ अस्पताल लगिएको थियो । पिथौरागढमा कोरोना परिक्षण गर्दा उनको कोरोना रिर्पाेट पोजेटिभ आएको थियो । उपचारका क्रममा आज कुटियालको मृत्यु भएको बताइएको छ । मृतक कुटीयालका छोराको जन्ती विहेका लागि केटी भित्र्याउन गएका बेला उनको अचानक मृत्यु भएपछि कुटीयाल परिवार शोकमा डुबेका छन् । मृतक कुटीयालका छोराको विहे कुमाउँका कमिस्नर अरबीन्द ह्याकीको छोरी संग तय भएको थियो भने केटा पक्षका जन्ती दुलही लिनका लागि पांगु गएका थिए । दुलही लिन गएकै दिन दुलाहाका वुवाको कोरोनाका कारण मृत्यु भएपछि दुबै पक्षका परिवार शोकमा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना संक्रमणको पहिलो लहरमा समेत कसैको मृत्यु नभएको धार्चुलामा कोरोनाका कारण पहिलो पटक मृत्यु हुदाँ सीमा क्षेत्रमा त्रास बढेको छ ।