दार्चुला जिल्ला पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

0
782

दार्चुला, बैशाख १० गते ।
दार्चुला जिल्लालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । दार्चुला जिल्लामा रहेका जन्मे देखि २३ महिना सम्मका सबै वालवालिकाहरुले पाउनुपर्ने सम्पुर्ण किसीमका खोप पाइसकेकाले पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ ।

दार्चुला जिल्लामा रहेका २ हजार ९ सय ४४ जना वालवालिकाहरुले सरकारले तोकेका विभिन्न १२ किसिमका रोगहरु विरुद्धको खोपहरु पाएको प्रमुख भट्टको भनाई छ ।
दार्चुला जिल्लालाई पहिलो पटक २०७३ सालमा पुर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यस पश्चातका बर्षहरुमा पनि वालवालिकाहरुले पुर्ण खोप पाएको सुनिश्चित गर्नका लागि जिल्ला पुर्ण खोप समन्वय समितिको अनुगमन पश्चात घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टको भनाई छ ।
पुर्ण खोव सुनिश्चित घोषणा गर्नुपुर्व दार्चुलामा रहेका जन्मेदेखि २३ महिना सम्मका सबै वालवालिकाहरुले खोप पाए नपाएको विषयमा अनुगमन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । एउटा वालवालिका पनि छुटेको नपाइएपछि दार्चुला जिल्लाका ९ वटै स्थानिय तहहरुले आफ्नो पालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका थिए । सबै पालिकाहरुले पुर्ण खोप सुनिश्चित घोषणा गरे पश्चात आज दार्चुला जिल्लालाई नै पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा पुर्ण खोप समन्वय समिति दार्चुलाले जिल्लाका ९ वटै स्थानिय तहहरुलाई पुर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरि पुर्ण खोप समन्वय समिति सुदुरपश्चिम प्रदेशले दार्चुला जिल्लालाई नै पुर्ण खोप सुनिश्चित तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर सिह कार्कीले नागरिक स्वस्थ्य भएमा देश बलियो हुने बताउनुभयो । विगतमा विभिन्न रोगहरु विरुद्धको खोप नहुदाँ गाउँ नै रित्तिने महामारी आउने भएपनि हाल खोपको विकासका कारण त्यस्तो अवस्था नरहेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले स्वास्थ्य क्षेत्र महत्वपुर्ण र संबेदनशिल रहेको बताउनुभयो । खोप कार्यक्रममा राज्यको ठुलो लगानि रहेकाले दार्चुला जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गर्नमा योगदान पुगाउने सम्पुर्णमा उहाँले धन्यबाद समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले खोपले विगत देखि हाल सम्म मानव जिवन रक्षाका लागि खेलेको भुमिकाको बारेमा जानकारी गराउनुभयो ।
जिल्ला पुर्ण खोप समन्वय समिति दार्चुलाका संयोजक एबं जिल्ला समन्वय समिति प्रमुख करविर सिह कार्कीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सभा सांसद गेल्बु बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका उप प्रमुख कृष्ण सिह धामी, महाकाली नगरपालिकाका उप मेयर सुना बोहरा, जिल्ला स्थित सुरक्षा नियकायका प्रमुखहरु, दार्चुलाका विभिन्न स्थानिय तहहरुका प्रतिनिधी, स्वास्थ्यकर्मी तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।