मालिकार्जुनमा बैशाख १९ गते देखि विद्यालय स्तरिय परीक्षा सञ्चालन हुने

0
709

दार्चुला, बैशाख १० गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा यहि बैशाख १९ गतेबाट विद्यालय स्तरिय परिक्षाहरु सञ्चालन हुने भएका छन् ।

विहिबार गाउँपालिकामा बसेको प्रधानाध्यापकहरुको बैठकले १९ गतेबाट कक्षा १ देखि ९ सम्मका परिक्षाहरु सञ्चालन गर्ने निर्णय गरिएको मालिकार्जुन मावि मडका प्रधानाध्यापक भुवन डागाले जानकारी दिनुभयो ।
विश्वब्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस नेपालमा पनि फैलिरहेको अवस्थामा हाल दार्चुलामा साधारण अवस्था रहेकाले अन्तिम परिक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । भारत संग खुला सीमानाका भएकाले कोरोना फैलिन सक्ने जाखिम हुदाँ परिक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्रधानाध्यापक डागाको भनाई छ । बुधबार बसेको जिल्ला कोभिड ब्यवस्थापन केन्द्र दार्चुलाको बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै विद्यालय स्तरका सबै परिक्षाहरु यथाशक्य छिटो सञ्चालन गर्नका लागि स्थानिय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।