दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा

0
1161
प्रमुख जिल्ला अधिकारी यद्दुनाथ पौडेल । फोटोः पौडेलको फेसबुक बाट

कालापानी न्युज, दार्चुला ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सरुवा भएको छ । २०७६ कार्तिक १८ गते मात्रै दार्चुला आएका प्रमुख जिल्ला अधिकारी पौडेलको गृहमन्त्रालयले सात महिनामै सरुवा गरेको छ ।
गुल्मी जिल्लाबाट प्रमुख जिल्ला अधिकारी भएर दार्चुला आउनु भएको प्रमुख जिल्ला अधिकारी पौडेलको धुनषा जिल्ला सरुवा भएको छ ।


दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलको धनुषा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
कार्यसम्पादन मूल्यांकनका आधारमा देशकै सातौँ नम्बरको रुपमो घोषित भएकै बेला पोडेल दार्चुलाको प्रमुख जिल्ला अधिकारी भएर आउनु भएको थियो ।
जिल्ला प्रशासन कार्याल धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल दार्चुलाको प्रमुख जिल्ला अधिकारी भएर आउनु हुनेछ । गृह मन्त्रालयले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिबर्तन गरेको हो ।सुदूरपश्चिम प्रदेशको दार्चुला सहित चार जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।