दार्चुलाकाे राताकाठामा मिनि ट्रक दुर्घटना एकको मृत्यु

0
1211

दार्चुला,असाेज १८ गते ।
दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको ब्रहमदेव तर्फ जादै गरेको से १ ज १२५२ नम्बर मिनि ट्रक राताकाठा भिरमा दुर्घटना भएको हाे । खाद्यान्न लिएर ब्रहमदेव तर्फ गइरहेको मिनि ट्रक गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने राताकाठा भिरबाट अन्दाजी ३÷४ सय मिटर तल महाकाली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । अहिले दुर्घटना स्थलमा प्रहरी पुगेको छ । प्रत्येक्षदर्शीका अनुसार महाकाली नदी किनारमा एक जना पुरुषको शव देखिरहेको छ । उक्त शव सोही ट्रक चालकको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा फोन नेटवर्कले काम नगर्दा थप जानकारी लिन कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।