मिनि ट्रक दुर्घटना अप्डेटः सामान धनी बोहराको मृत्यु,चालक फरार

0
860

दार्चुुला,असोज १८ गते ।
दार्चुलाको राताकाठामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार विहान करिब साढे १० बजे तिर दार्चुला सदरमुकाम खलंगाबाट दुँहु गाउँपालिका तर्फ जादै गरेको से १ ख १२५२ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो । दार्चुला तिकर सडक खण्ड अन्तर्गत दुहुँ गाउँपालिका वडा नम्बर ३ राताकाठामा भएको दुर्घटनामा परि दुहुँ गाउँपालिका वडा नम्वर ३ का अन्दाजी ४०/४५ वर्षका करन सिंह बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो । मृतक बोहरा सामान धनी रहेको स्थानीयले बताएका छन् । ट्रक बैतडीका दिपक ऐरकाे रहेकाे प्रहरीले जनाएकाे छ ।
राटाकाठा भिरबाट ट्रक करिब २ सय मिटर तल महाकाली नदी किनारामा खसेको छ । प्रहरीका अनुसार चालकको खोजी गर्दा नभेटिएपछि फरार रहेको हुन सक्ने आसंका गरिएको छ । चालकको खोजि भइरहेको प्रहरीको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट र इलाका प्रहरी कार्यालय हिकिला प्रहरी टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।