डीडीहाटका विधायक विसन सिह चुफाल बने मन्त्री

0
1384
मन्त्री विसन सिह चुफाल: फोटो चुफालको फेसबुकबाट

दार्चुला, फागुन २९ गते ।

भारतको पिथौरागढ जिल्ला अन्र्तगतको डीडीहाट विधान सभा क्षेत्रका विधायक विसन सिह चुफाल उत्तराखण्ड राज्यका मन्त्री बनेका छन् । उत्तराखण्डका तत्कालिन मुख्य मन्त्री त्रिबेन्द्र सिह रावतले पदबाट राजिनामा दिएपछि तीरथ सिह रावत नयाँ मुख्यमन्त्री बनेका छन् ।

नयाँ मुख्यमन्त्री रावतको मन्त्रीमण्डलमा पिथौरागढको डिडीहाट विधान सभाका विधायक विसन सिह चुफालले पनि स्थान पाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबार भएको मन्त्री मण्डल विस्तारमा विधायक चुफाल मुख्य मन्त्री तीरथ सिह रावत नेतृत्वको मन्त्री मण्डलमा क्याविनेट मन्त्री चयन भएका हुन् । पहिलो पटक विधायक चुफाल मन्त्री बनेपछि पिथौरागढमा भाजपाका कार्यकर्ताहरुले दिपावली मनाएका छन् ।

डीडीहाटलाई जिल्ला बनाउने आसा

पिथौरागढ जिल्ला भित्र रहेको डीडीहाट क्षेत्रलाई एउटा छुट्टै जिल्ला बनाउने माग लामो समयदेखि उठिरहेको छ । विधायक विसन सिह चुफालले समेत विगतमा डीडीहाटलाई छुट्टै जिल्ला बनाउनुपर्ने माग गर्दै आइरहेको थिए । डीडीहाटका विधायक चुफाल उत्तराखण्ड सरकारको मन्त्री मण्डमा चयन भएपछि डीडीहाटले छुटै जिल्लाको अस्तीत्व पाउने डीडीहाट बासिहरुले आसा गरेका छन् । सन् २०११ मा तत्तकालीन उत्तराखण्डका मुख्यमन्त्री डा. रमेश पोखरियालले डीडीहाटलाई छुट्टै जिल्ला बनाउने घोषणा गरेका थिए । डा. पोखरीयालले डीडीहाह, यमुनोत्री, कोटद्वार तथा रानीखेतलाई समेटेर नयाँ जिल्ला डीडीहाट बनाउने बताएका थिए तर उनको सत्ता परिवर्तन भएपछि उनको उक्त घोषणा हाल सम्म घोषणामै सिमीत भएको छ । चुफाल क्याविनेट मन्त्री भएपछि डीडीहाट नयाँ जिल्ला घोषणा हुने त्यस क्षेत्रका नागरिकहरुले अपेक्षा गरेका छन् ।