गोरखनाथ मन्दिरमा भगवान शिवको पाँच फिट बढी उचाइको मुर्ती राखियो

0
1232

दार्चुला, फागुन २९ गते ।
दार्चुलाको ब्यास गाउँपालिकाको वडा नं ४ सुन्सेरामा रहेको गोरखनाथ मन्दिरमा शिव भगवानको मुर्ती प्रतिस्थापन गरिएको छ ।

सुन्सेराका स्थानिय एबं कलाकार तथा सम्पाल मावि सुन्सेराका शिक्षक समेत रहेका भुपेन्द्र सिह कुवरले बनाएको शिव भगवानको मुर्ती शिवरात्रीको अवसरमा गोरखनाथ मन्दिरमा राखिएको हो । ६० हजार भन्दा बढी मुल्य पर्ने करिब ५ फिटको शिव भगवानको मुर्ती गोरखनाथ मन्दिरमा राखिएको छ । सुन्सेरामा रहेका विभिन्न देवीदेवताका झाक्री तथा पुजारीहरु र ब्रह्मणको उस्थितीमा विधि पुर्वक पुजाआजा गरि मुर्तीको स्थापना गरिएको कलाकार भुपेन्द्र कुवरले जानकारी दिनुभयो । जिल्लाकै प्रसिद्ध मन्दिरका रुपमा रहेको गोरखनाथ मन्दिरमा आफैले बनाएको मुर्ती राख्न पाउँदा खुसी लागेको मुर्तीकार कुवरको भनाई छ ।