ट्याक्टरबाट खस्दा मृत्यु

0
617

दार्चुला, फागुन २९ गते ।
दार्चुलाको लेकम गाउँपालिकामा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।


गुडीरहेको ट्याकटरबाट खस्दा लेकम गाउँपालिका वडा नम्बर ६ का अन्दाजी वर्ष ३० का अशोक सिंह खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । गोकुलेश्वरबाट रिठाचौपाता तर्फ गइरहेको सुपप्र ०१००२ त ४८३५ नम्बरको ट्याक्टर लेकमको गणेत भन्ने ठाउँमा शनिबार पौने ४ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । दुर्घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई खबर गरेपछि गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र सिंह साउँदको नेतृत्वको प्रहरी टोली घट्ना स्थल पुगेको हो ।  घटना पछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।