लेकम क्षेत्रमा लाग्ने जात्रालाई व्यवस्थित गर्न मालिकार्जुनमा वृहत छलफल

0
273

दार्चुला,कात्तिक २० गते ।
मालिकार्जुन गाउँपालिका वडानम्बर ३ मा अवस्थीत देशकै प्रमुख धार्मिक स्थल मालिकार्जुन मन्दिरमा जात्रा सम्बन्धी वृहत छलफल गरिएको छ । मालिकार्जुन गाउँपालिका वडानम्बर–३ को आयोजनामा मालिकार्जुन धाम लगायत वडानम्बर ३ का अन्य स्थलमा लाग्ने मेला एवंम् जात्रा व्यवस्थापन गर्न वृहत छलफल गरिएको मालिकार्जुन गाउँपालिका वडानम्बर ३ का वडा सदस्य पदम सिंह धामीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिका वडानम्बर ३ का वडाअध्यक्ष मदनसिंह धामीको अध्यक्षतामा बसेको भेलाले मालिकार्जुन धाम लगायत वडानम्बर ३ मा रहेका विभिन्न धार्मिक स्थलमा लाग्ने दिउँसोकालिन जात्रा र रात्रिकालिन जात्रालाई व्यवस्थीत र मर्यादित बनाउन विभिन्न निर्णय गरेको छ ।
भेलाले लटिनाथ मन्दिर चौड, शैल्यशिखर तथा मालिकार्जुन मन्दिरमा लाग्ने जात्रा शान्ति सुरक्षाको मध्यनजर गर्दै ३ नम्बर वडामा पुर्ण रुपमा मदिरा निशेधित गर्ने निर्णय गरेको छ । वडानम्बर ३ भित्र मदिरा बेचविखन, ओसारपसार र सेवन गर्न पुर्ण रुपमा निशेधित गर्ने निर्णय गरेको मालिकार्जुन गाउँपालिका वडानम्बर ३ का वडाअध्यक्ष मदनसिह धामीले जानकारी दिनुभयो । त्यस्तै मालिकार्जुन गाउँपालिका संगै जोडिएको शैल्यशिखर नगरपालिका वडानम्बर ६ मा पनि मदिरा सेवन, बेचविखन,ओसारपसार तथा लागु पदार्थ सेवन गर्न नपाइने, जुवातास खेल्न नपाइने संगै कानुनले बञ्चित गरेका अनैतिक गतिविधि नगर्न÷नगराउन भेलामा सहभागी सबैले प्रतिबद्धता जाहेर गरेका छन् ।
जात्रा, मेलामा निशेधित गरिएका क्रियाकलापहरु गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही गर्ने समेत जनाएको छ । त्यस्तै भेलाले वडानम्बर ३ मा रहेका शक्तिपिठहरुमा लाग्ने मेला एवंम् जात्रामा खानेपानीको व्यवस्थापन,अत्यावश्यक स्वास्थ्य सेवा, संचार तथा विद्युतीकरणका लागि गाउँपालिकाको समन्वयमा वडानम्बर ३ ले व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै लटिनाथ मन्दिर चौड, शैल्यशिखर र मालिकार्जुन धाममा लाग्ने जात्रामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गर्ने निर्णय गरेको छ । मालिकार्जुन गाउँपालिका वडानम्बर ३ मा अवस्थीत लटिनाथ चौड मन्दिरमा कार्तिक २९ गते भाइटिकाका दिन रात्रिकालिन जात्रा लाग्ने वडाअध्यक्ष धामीले बताउनुभयो । त्यस्तै शैल्यशिखर धाममा मंसिर ९ गते त्रियोदशी तिथिमा दिउँसोकालिन जात्रा लाग्ने र मालिकार्जुन मन्दिर मडमा मंसिर १० गते चर्तुदशी तिथिका रात्रिकालिन विशाल जात्रा लाग्ने उहाँले बताउनुभयो ।
भेलामा शैल्यशिखर नगरपालिका प्रमुख विजयसिह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी,प्रमुख जिल्ला अधिकारी किरण जोशी,सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवंम् डिएसपी शिब बहादुर सिंह, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामीको सहभागिता रहेको थियो । त्यस्तै भेलामा मालिकार्जुन गाउँपालिकाका निर्वतमान अध्यक्ष नरेन्द्रसिह धामी,मालिकार्जुन गाउँपालिका वडानम्बर ५ का वडाअध्यक्ष एवंम् गाउँपालिका प्रवक्ता मदनबहादुर चन्द, जनप्रतिनिधि,मन्दिर व्यवस्थापन समिति, बुद्धिजिवि लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा लागु औषध तथा दुव्र्यसनी नियन्त्रण सम्बन्धी महाअभियान २०८० संचालन गरेको थियो । लागु औषधको सेवनले समाजमा हत्याहिंसा लगायत अपराधिक घटना घट्ने भएकोले यसको नियन्त्रणका लागि महाअभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला सदरमुकाम पछि अभियान गाउँस्तरतर्फ संचालन गर्न लागेको जनाएकोे छ । मालिकार्जुन गाउँपालिकाको सहकार्यमा गाउँपालिकाभरी महाअभियान संचालन गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाभरी अवस्थित शक्ति पिठहरुमा लाग्ने जात्रामा मदिरा निशेधित
दार्चुलाको लेकम क्षेत्रमा केहि दिनदेखि रात्रिकालिन तथा दिउँसोकालिन जात्रा लाग्ने भएका छन् । परम्परादेखि लाग्दै आएका ठुली जात्रा भनेर चिनिने जात्रा यसवर्ष केहि ढिलागरी सुरु हुन लागेका छन् । यस वर्षको साउनमा अधिकमास परेकोले यस वर्षका जात्रा केहि टाढा धकेलिएका हुन् । लेकम क्षेत्रमा भाईटिका एवंम् द्धितिया तिथिदेखि जात्रा सुरु हुने गरेको छ ।
जात्रालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सहभागितामा मालिकार्जुन गाउँपालिका वडानम्बर ३ मा भेलाको आयोजना गरिएको हो । उक्त भेलाले मालिकार्जुन गाउँपालिकामा रहेका शक्ति पिठहरु लगायत लेकम क्षेत्रमा रहेका शक्ति पिठहरुमा लाग्ने रात्रिकालिन र दिउँसोकालिन जात्रा मेलालाई व्यवस्थीत बनाउन मदिरा ओसारपसार, विक्रिवितरण र सेवन नगर्न पाइने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै जात्रा मेलामा मदिरा सेवन लगायत लागु पदार्थ सेवनलाई पुर्ण रुपमा निशेधित गर्ने र गराउनेमा भेलामा सहभागी सबैले प्रतिबद्धता गरेको जनाएको छ ।