एमाले महाधिबेशनका लागि दार्चुलाबाट ५० जना भन्दा बढीको टोली चितवनतर्फ

0
587

दार्चुला, मंसिर ९ गते ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औ महाधिबेशनका लागि दार्चुलाबाट महाधिबेशन प्रतिनिधि सहितको टोली बुधबार चितवनतर्फ गएको छ । यहि मंसिर १० देखि १२ गते सम्म हुने महाधिबेशनका लागि १२ जना महाधिबेशन प्रतिनिधि सहित ५० जना भन्दा बढी जनाको टोली चितवन तर्फ गएको नेकपा एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

महाधिबेशन प्रतिनिधि समेत रहेका बडालले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने बताएका छन् । देशभर वडा देखि पालिका सम्मको अधिबेशन अधिकाशं सबैको सहमतिमा भएको तथा पार्टी एक ठिक्का भएर अघि बढिरहेकोले सकेसम्म नेतृत्व सर्वसम्मत चयन हुने आफुहरुको आसा रहेको बडालको भनाई छ ।

‘सर्वसम्मत हुन नसकेमा स्वभाविक रुपमा लोकतान्त्रिक पद्धती अनुरुप निर्वाचन हुनेछ, पार्टीको निर्वाचनमा कसले जित्यो वा हार्यो भन्दा पनि सहभागिता ठूलो कुरा हो’ बडालले भन्नुभयो ।
वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा अर्को कार्यकाल अघि बढ्ने आफुहरुको विश्वास रहेको उहाँको भनाई छ ।

एमालेको १० औँ महाधिबेशनका लागि दार्चुलाबाट पार्टी अध्यक्ष रामदत्त जोशी, पार्टी सचिव ज्ञानेन्द्र घर्ती, नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी, सुदुरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा, लगायत एमाले नेता देबसिह महर, हरदेब जोशी, लालबहादुर विक, दानीराम पार्की, उर्मीला बोहरा, मेनुका अवस्थी, गौरी बडाल र दुर्गादेबी धामी गरि १२ जना महाधिबेशन प्रनितिधि छनोट भएका थिए ।