काङग्रेस दार्चुलाको अधिबेशनमा बोहरा र धामी भिड्दै

0
520

दार्चुला, मंसिर ९ गते ।

नेपाली काँग्रेस दार्चुलाको ७ औँ जिल्ला अधिवेशनमा सहमतीबाट नेतृत्व छनोट हुन नसकेपछि निर्वाचनको प्रक्रिया मार्फत नयाँ नेतृत्वको टुङ्गो लाग्ने भएको छ । ४२ सदस्यिय जिल्ला कार्यसमितिका लागि ६९ जना उम्मेदवारहरुले विभिन्न पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत देबराज अवस्थीले बताउनुभयो ।

सभापति पदका लागि वर्तमान पार्टी सभापति ललित सिह बोहरा र शैल्यशिखर नगरपालिकाका नगरप्रमुख एबं पार्टी उपसभापति अमर सिह धामीले आफ्नो मनोनयन दर्ता गराएका छन् ।

उप–सभापति पदमा ८ जना, सचिव पदमा ६ जना, सह–सचिव पदमा ४ जना, सदस्य पदमा २७ जना, सदस्य खस आर्यतर्फ १४ जना, महिला सदस्यतर्फ ३ जना, दलित सदस्य तर्फ २ जना, आदिवासी जनजाती सदस्यतर्फ १ जना तथा अल्पसंख्यक/अपाङ्ग सदस्यतर्फ २ जनाले मनोनयन दर्ता गराएको अवस्थीले जानकारी दिनुभयो ।

सभापति पदमा १ जना, उपसभापति पदमा २ जना, सचिव पदमा २ जना, सह–सचिव पदमा २ जना, जिल्ला कार्य समिति सदस्य खुला पदमा २० जना, खस आर्य सदस्यमा ७ जना, महिला सदस्यमा ४ जना, दलित सदस्यमा २ जना, आदिवासी सदस्यमा १ जना तथा अपाङ्ग/अल्पसंख्यक सदस्यमा १ जना गरि ४२ जना चयन हुनेछन् ।

महाधिबेशन प्रतिनिधिका लागि ५९ जनाको मनोनयन

केन्द्रिय महाधिबेशन प्रतिनिधिका लागी ५९ जनाले आफ्नो मनोनयनपत्र दर्ता गराएका छन् । महिला प्रत्यक्षबाट ५ जना, खुल्ला पुरुषबाट २५ जना, खस आर्य महिला समानुपातिकबाट ८ जना, खसआर्य खुल्ला समानुपातिकबाट १४ जना, दलितबाट १ जना, अपाङ्ग अल्पसंख्यकबाट ६ जनाले आफ्नो मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न पदमा २५ जना केन्द्रिय महाधिबेशन प्रतिनिधि चयन हुनेछन् ।

काङग्रेस दार्चुलाको ७ औँ महाधिबेशनको मंगलबार उद्धघाटन गरिएको थियो । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिन लागेको हो । निर्वाचन विहिबार बिहान ९ देखि बेलुकी ५ः३० बजेसम्म तोकिएको छ ।