आर्थिक अभावले उपचारमा समस्या : आर्थिक सहयोगको लागि अपिल

0
342

दार्चुला भाद्र ८ गते ।
दार्चुलाको नौगाड गाउँपालिका वडा ६ साविकको वडा १ पनढुंगा बस्ने कलापती धामीको आर्थिक अभावले गर्दा उपचारमा समस्या भएको छ । विगत ४ वर्ष देखि टाउँको र हातगोडा सम्बन्धी रोगबाट पिडित भएका उनका छोरो प्रदिप सिंह धामीको गत साउन ४ गते टिचिङ हस्पिटल महाराजगन्ज काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएपछि अहिले उस्तै रोग उनका आमा कलापती धामीमा समेत देखापरेको हुदाँ उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ ।
प्रदिप सिंह धामीका आमा कलापती धामीको टाउँकोमा समस्या भएको र टाउँकोको अप्रेसन गर्नुपर्ने भएकाले आर्थिक अभाव भएका कारण उपचारमा समस्या भएको छ । उनको घरको अवस्था समेत कमजोर रहेकाले आर्थिक सहयोग गरिदिन आग्रह गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपचारमा सहयोग गर्न चाहने व्यक्तिहरुले नौगाड गाउँपालिका ग्लोबल आइएमई बैंक शाखा होपरिगाडमा रहेको खाता.न २६५०७०१०००१७५९ तथा मोबाइल नम्बर–९७४९८०९२३७ मा खबर गरिदिन आग्रह गरिएको स्थानीय गोबिन्द्र सिंह धामीले जानकारी दिनु भएको छ ।