मालिकार्जुनमा कृषि तथा पशु कार्यालय भवनको सिलान्यास

0
307

दार्चुला,भाद्र ७ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा साढे तीन करोडको लागतमा कृषि तथा पशु कार्यालय भवन निर्माण हुने भएको छ ।
भवनको गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले एक कार्यक्रमका बीच विहीबार सिलान्यास गरेका छन् । गाउँपालिकाको कृषि तथा पशु विकासको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले कृषि तथा पशु कार्यालय भवनको दिब्य मुहर्तमा वैदिक नित्य कर्म अनुसार सिलान्यास गरेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनु भयो ।
सिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी,रिड परियोजनाका क्षेत्रिय प्रमुख र निमार्ण व्यवसायी प्रतिनिधि केशव बहादुर पालको सहभागिता रहेको थियो । मालिकार्जुन गाउँपालिकामा संचालित रिड परियोजना अन्तरगत रू ३ करोड ३२ लाख ६९ हजारमा एम एस सिनर्जी बिल्डर्स प्रालि कुलेश्वर काठमाण्डौँसंग गत असार २६ गते भवन निर्माण गर्न कम्पनीसंग ठेक्का सम्झौता भएको थियो । स्विकृत डिपिआर अनुसार जम्मा २४ वटा कोठाहरूका साथै अन्य आवश्यक संरचनाहरू निर्माण गरिने छन् । सम्झौता अनुसार एक बर्ष भित्रै गुणस्तरीय ढंगले निर्माण कार्य सम्पन्न गर्ने निमार्ण व्यवसायी प्रतिनिधि केशव बहादुर पाले बताएका छन् ।