कैलालीमा शिक्षिका मृत भेटिए छानबिन गर्न युवक पक्राउ

0
1379

दार्चुला भाद्र ८ गते ।
दार्चुलाको मार्मा गाउँपालिका वडा नम्वर ६ घर भएकी एक शिक्षिका कैलालीको धनगढीमा मृत भेटिएकी छन् ।
मार्मा घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीय राजेश्वरी डडाल मृत भेटिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालका अनुसार धनगढी उपमहानगरपालिका ३ को चटकपुरमा बुधबार विहान डडाल मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार चटकपुरमा फुपुको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब एक सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । राजेश्वरी डडालको आत्महत्याको कारण मार्मा गाउँपालिका वडा नम्वर ६ कै २५ बर्षिय जगदिश कोट्टारी रहेको आफन्तले जाहेरी दिए पछि प्रहरीले जगदिश कोट्टारीलाई अत्तरियाबाट पक्राउ गरेको छ ।
राजेश्वरी डडाल र जगदिश कोट्टारी लटिनाथ क्याम्पस मार्मामा संगै अध्यनरत रहेका थिए । क्याम्पसमा संगै पढ्ने र नातामा मामा पर्ने भएकाले गलत नजरले नहेरको उनका आफ्न्तले बताएका छन् । पहिले देखि संगै पढ्ने नातामा मामा पर्ने भए पनि एक वर्ष अगाडीबाट म तिमी शीत विहे गर्छु,नत्र म मर्छु भनेर बेला बेला मानसिक रुपमा यातना दिने गरेको उनकी दिदी रन्जना डडालले बताएका छन् । तर पछि मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको आफन्तहरुले बताएका छन् । मृतक र पक्राउ परेका कोट्टारी प्रेम सम्बन्धमा रहेका थिए । कोट्टारी विवाहित हुन् । उनी अखिल कान्तिकारीबाट उम्मदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिनुभयो । उनी उपर आत्महत्या दुरुत्साहन कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।