हुनैनाथ मन्दिर परिसरमा रहेको तीन दशक पुरानो हिङलो (पिङ) भाँचियो

0
508

दार्चुला, भाद्र ९ गते ।
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ औतालेक स्थित हुनैनाथ मन्दिरको परिसरमा रहेको हिङ्लो (पिङ)भाचिएको छ । शुक्रबार राति आएको हावाहुरीले दुबैपट्टीको खम्बा भाँचिएको स्थानीय लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो । वि.स २०५३ / ५४ सालमा निर्माण भएको २६ वर्ष पुरानो  हिङलो (पिङ) जिर्ण अवस्थामा रहेको थियो ।
दशैँ तिहार लगायतका चार्डपर्वका बेला मन्दिरमा पुजापाठ गर्न आउने भक्तजनहरूलाई मनोरञ्जनका लागि राखिएको हिङ्लो (पिङ) सालको काठको दुईवटा खम्बा र फलामको सिक्रिको प्रयोग गरी निर्माण गरिएको थियो । परम्परादेखी चलिआएको रितिरिवाज अनुसार पाल र चन्द परिवारले हिङ्लो (पिङ )निर्माण गरेको स्थानिय जानकारहरुले बताएका छन् ।
एक तर्फको खम्बा उकुका जिम्माल पाल परिवार,अर्का तर्फको खम्बा बाकुका मुखिया चन्द्र परिवार र माथि पट्टिको तेस्रो खम्बा डाडाकोटका दुन्याल पाल परिवारले ल्याएर निर्माण गरेको मन्दिरका पुजारी खेमराज अवस्थीले बताउनु भयो । परम्परादेखी चलिआएको रितिरिवाज अनुसार निर्माण भएको हिङ्लो (पिङ) जिर्ण भई भाचिए पछि पुन निर्माण हुनुपर्ने स्थानियले बताएका छन् ।