शरीरमा आगो लगाएर ४५ वर्षीया महिलाले गरिन् आत्मदाह प्रयास

0
1955

दार्चुला,भाद्र १० गते ।
दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ५ तल्लो सेतिकलाकी ४५ वर्षीय सुना साउदले आईतबार विहान आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् । महिलाले विहान ११ बजे तिर आफैले घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल हालेर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।
आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । छिमेकीहरूले आगो लाएकाको थाहा पाएपछि उनको शरिरमा लागेको आगो नियन्त्रणमा ल्याएका थिए । शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका साउदको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।