आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

0
725

दार्चुला,भाद्र १० गते ।
दार्चुलामा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकि महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भयो ।
आइतबार विहान करिब ११ बजेतिर जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् । घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो । आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए । साउँदले शरीरमा किन आगो लगाइन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।