अनेरास्ववियु दार्चुलाको अध्यक्षमा सामन्त

0
592

दार्चुला, फागुन २६ गते ।
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु दार्चुलाको १३ औँ जिल्ला अधिबेशनले गणेश सिह सामन्तलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

बुधबार उद्धघाटन गरिएको अधिबेशनले सामन्तलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको अनेरास्ववियु सह सचिव धनसिह बडालले बताउनुभयो । अध्यक्षमा आकाक्षीं देखिएका सन्तोष सिह ठगुन्ना र नरेन्द्र प्रसाद जोशीविच सहमती हुन नसकेपछि सामन्तलाई सर्वसम्मत चयन गरिएको सह सचिव बडालले बताउनुभयो । ठगुन्नालाई उपाध्यक्ष र जोशीलाई सचिवको जिम्मेवारी दिइएको छ । सह सचिवमा रेशिका धामी, धनसिह बडाल र सुरेन्द्र जोशी तथा कोषाध्यक्षमा कृष्ण सिह धामी सहित ३२ सदस्यीय अनेरास्ववियु दार्चुला जिल्ला कमिटि गठन गरिएको छ ।