अनेरास्ववियु दार्चुलाको १३ औँ जिल्ला अधिवेशन उद्घाटन 

0
437

दार्चुला, फागुन २५ गते । 

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु दार्चुलाको १३ औँ जिल्ला अधिवेशन आज उद्घाटन गरिएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष आनसिह बडालको अध्यक्षतामा गरिएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुनिता बराल प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज मोती बिक विशिष्ट अतिथि रहनुभएको थियो । 

उद्घाटन कार्यक्रममा नेकपा एमालेका प्रनितिधी उपस्थित नभएपछि विद्यार्थी नेताहरुले एमाले नेतृत्व प्रति असन्तुष्टि पोखेका छन् । अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य कल्पना पालले पार्टीका प्रतिनिधि उपस्थित नभएकाले दुख लागेको बताउनुभयो । अनेरास्ववियु एमालेको बगैंचा भएको भएपनि कार्यक्रममा उपस्थित नहुदाँ दुख लागेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिव धर्म गिरीले राष्ट्र र राष्ट्रियताको पक्षमा अनेरास्ववियु सधै रहेको बताउनुभयो । नेपाली सुरक्षा निकाय नपुगेका बेला भारतले अतिक्रमण गरेको कालापानी मार्च देखि सीमा मिचिएका विभिन्न क्षेत्रमा पुगेर अनेरास्ववियुले प्रतिकार गरेको बताउनुभयो । 


कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुनिता बरालले अनेरास्ववियु विद्यार्थीका मुद्दाहरूमा केन्द्रित रहेको बताउनुभयो । साथै यस संगठनमा आवद्ध भएका सबै विद्यार्थीहरुले राम्रो शैक्षिक उपलब्धि हासिल गर्न अनुरोध गर्नुभयो ।
अनेरास्ववियुको खुला सत्र समापन संगै बन्द सुरु भएको अध्यक्ष आनसिह बडालले बताउनुभयो । अध्यक्षको आकाक्षिंमा अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटीका संयोजक सन्तोष सिह ठगुन्ना र नरेन्द्र प्रसाद जोशी देखिएका छन् । सहमतिमै नेतृत्व चयन गरिने अनेरास्ववियु दार्चुलाले जनाएको छ ।