Thursday, November 20, 2025

समाचार

टिंकर सडकअन्तर्गत राप्लाको राङथलसम्मको सडक खुल्यो

दार्चुला, कार्तिक २७ गते । व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको राङथल वस्तीसम्मको सडक सुचारु गरिएको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–टिंकर सडकअन्तर्गत मालगाउँभन्दा अगाडिको कोठधार, सगनाडी र राङथल वस्तीसम्मको सडक सञ्चालनमा ल्याइएको हो । गत जेठ महिनामा पहिलोपटक राङथलसम्म टेक्टर र नेपाली सेनाको जीप पुगेको थियो । वर्षातमा...

मुख्यमन्त्रीसंग स्थानीय तहका प्रमुखहरुको गुनासै–गुनासो

दार्चुला, कार्तिक २४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाह र दार्चुलाका स्थानीय तहका प्रमुखहरुबीच आरोप–प्रत्यारोप भएको छ । जेनजी आन्दोलनपछि पहिलोपटक प्रदेशका जिल्लाहरु भ्रमण गर्नेक्रममा आइतवार दार्चुला पुगेका मुख्यमन्त्री शाहसंग स्थानीय तहका प्रमुखहरुले प्रदेश सरकारको भूमिका, योजना छनौट र कार्यक्रमबारे आक्रोस पोखेका छन् । मुख्यमन्त्री दार्चुला आउने भएपछि...

व्यास पैदलबाटोको सवा करोड बजेट फिर्ता, सवा चार करोडबाट के –कति निर्माण भयो ?

दार्चुला, कार्तिक २३ गते । संघीय सरकारले गत आर्थिक वर्षमा व्यासको पैदलबाटो निर्माणका लागि व्यास गाउँपालिकालाई साढे ५ करोड सशर्त अनुदान उपलब्ध गराएकोमा एक चौथाइ बजेट फिर्ता भएको छ । समय अभावका कारण निर्माण कार्य न्युन भएकोले संघीय सरकारलाई १ करोड २५ लाख ४४ हजार ७ सय ७२ रुपैयाँ...

जेनजी आन्दोलनमा काग्रेस कार्यालयबाट ६५ हजार नगद हरायो, साढे १८ लाखको क्षति

दार्चुला, कार्तिक २३ गते । जेनजी आन्दोलनका क्रममा नेपाली काग्रेस दार्चुलाको जिल्ला कार्यालयबाट ६५ हजार रुपैयाँ नगद हराएको छ भने हराएको नगदसहित १८ लाख ६४ हजार ८ सय रुपैयाँको क्षति भएको छ । नेपाली काग्रेसले तयार गरेको क्षतिको विवरण अनुसार जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबाट कार्यालयभित्रका फर्निचर...

जेनजी आन्दोलनले एमाले कार्यालयमा १९ लाख ७६ हजारको क्षति

दार्चुला, कार्तिक २३ गते । जेनजी आन्दोलनका क्रममा नेकपा (एमाले) दार्चुला जिल्ला कमिटी कार्यालयमा १९ लाख ७६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । मदन–आश्रित स्मृति प्रतिष्ठानको नाममा रहेको पार्टी कार्यालय गत भदौं २४ गते तोडफोड गरिएको थियो । सम्बन्धित पार्टीले पेश गरेको विवरणको आधारमा स्थानीय प्रशासन र प्रहरीले...

दोपाखे, बयली र तम्बाकुमा व्यास जोड्ने बाटो खुलाइदै

दार्चुला, कार्तिक २३ गते । व्यास जोड्ने पैदलबाटोअन्तर्गत दोपाखे, बयली र तम्बाकुक्षेत्रमा बाटो निर्माण कार्य भइरहेको छ । व्यास गाउँपालिकाले गत आर्थिक वर्षमा गरेको ठेक्का सम्झौताअन्तर्गत बाटो निर्माणको कार्य भइरहेको निर्माण कम्पनी मिशन–देवहरि जेभीले जनाएको छ । ‘अधिकांश ठाउँमा बाटो निर्माण कार्य भइसकेको छ । दोपाखे, बयली र तम्बाकुमा...

न आए ओली, न खुल्यो बाटो

दार्चुला, कार्तिक २१ गते । गत पुषको चिसो मौसममा मध्यरातीसम्म दार्चुलाका एमाले–काग्रेसका नेताकार्यकर्तासहित व्यासक्षेत्रका केही स्थानीयले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गरेका थिए । चिसो मौसम भए पनि मध्यरातीसम्म दार्चुला र व्यासक्षेत्रका वासिन्दासंग ओलीले दुई घण्टा लामो कुराकानी गरेका थिए । कुराकानीको मुख्य विषयवस्तु थियो– महाकाली नदीको किनारैकिनार व्यास...

२०७७ सम्म खलंगामा सिमित सशस्त्र प्रहरीको उपस्थिति पाँच वर्षमा दर्जन ठाउँमा विस्तार

दार्चुला, साउन २० गते । महाकालीको सिमाक्षेत्रमा सशस्त्र प्रहरी वलको उपस्थिति र सक्रियता बढिरहेको छ । चुच्चे नक्साको प्रकाशनसंगै सिमाक्षेत्रमा सशस्त्र प्रहरीका युनिटहरु बढाइएका छन् । २०७० देखि २०७७ सालसम्म सदरमुकाम खलंगामा सिमित रहेको सशस्त्र प्रहरीको उपस्थिति हाल १२ स्थानमा फैलिएको छ । सरकारले चुच्चे नक्साको प्रकाशनसंगै देशैभरीको अन्तर्राष्ट्रिय...

दार्चुलाका दर्जन सडक प्रदेश लोकमार्ग

दार्चुला, असार १६ गते । सुदूरपश्चिम प्रदेश सरकारले सडकहरुको वर्गिकरण गरेको छ । प्रदेशभरीका ३ सय ७९ वटा सडकहरुलाई तीन श्रेणीमा वर्गिकरण गरी प्रदेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टको हस्ताक्षरसहित गत जेठ १५ गते प्रदेश सडकहरुको विवरण सार्वजनिक गरिएको हो । प्रदेश लोकमार्ग,...

छोटो समयमा कोरिडोरहरु बने, सानो उपलब्धि होइन ः प्रधानमन्त्री ओली

दार्चुला, असार १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर–दक्षिण सडक कोरिडोरहरुको निर्माण गरिनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सरकारले सडक कोरिडोरहरु निर्माण गरेको विषय ‘सानो उपलब्धि नभएको’ उहाँको भनाई छ । जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल अब ‘दुर्गम नरहेको’ बताएका...

महाकाली सन्धिको विरोध पाखण्डी थियो ः प्रधानमन्त्री ओली

दार्चुला, असार १५ गते । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिको विरोध गर्ने कार्य पाखण्डी भएको बताएका छन् । २९ वर्षअघि पारित भएको महाकाली सन्धि ठिक रहेको समेत उहाँको भनाई छ । शनिवार मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले महाकाली सन्धिको विरोध गर्नेहरुमाथि प्रहार...

उत्तर–दक्षिण सडकमध्ये सबैभन्दा कम बजेट महाकाली कोरिडोरमा

दार्चुला, असार १४ गते । सरकारले पूर्वदेखि पश्चिमसम्मको भूगोलमा उत्तर–दक्षिण जोड्ने गरी झण्डै एक दर्जन सडक निर्माण गरिरहेको छ । यीमध्ये केही सडकहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने अधिकांश सडक निर्माणाधिन अवस्थामा छन् । निर्माणाधिन उत्तर–दक्षिण सडकमध्ये महाकाली कोरिडोरमा सबैभन्दा कम बजेट विनियोजन गरिएको छ । पूर्व–पश्चिम जोड्ने महेन्द्र...

नयाँ भवन बन्नुपर्ने तिंकरमा मर्मतका लागि साढे ८ लाख बजेट

दार्चुला, असार १३ गते । नेपाल–चीन सिमा नजिकको तिंकरस्थित इलाका प्रहरी कार्यालय वर्षौदेखिको जीर्ण भवनमा सञ्चालन भइरहेको छ । पञ्चायतकालमै निर्माण भएका भवनहरु मर्मत गर्दै सुरक्षाकर्मीहरु तिंकरको छियालेकमा बस्दैआएका छन् । अन्तर्राष्ट्रिय सिमा नाकाको प्रहरी कार्यालय व्यवस्थित र सुरक्षित हुनुपर्नेमा जीर्ण भवनमा इप्रका सञ्चालित छ । सिमा प्रहरी चौकीबाट इलाका...

टिंकर सडकमा अर्थले बजेट घटायो ः भौतिक मन्त्री दाहाल

दार्चुला, असार १२ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाली सेनाबाट निर्माण भइरहेको टिंकर सडक खण्डमा आफ्नो मन्त्रालयले प्राथमिकतासहित बजेट प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले बजेट घटाएको बताएका छन् । असार ९ गते बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा विभागिय मन्त्रीले यस्तो जवाफ दिएका हुन् । मन्त्री...

`दार्चुलाको ५० रोपनी जग्गा भारतलाई बेचिएको हो ?’- प्रदेशसभा सदस्य धामी

धनगढी, जेठ १९ गते । सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा सोमबार माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री मानबहादुर धामीले दार्चुलाको सीमा क्षेत्रमा भइरहेको भारतीय अतिक्रमणबारे गम्भीर प्रश्न उठाएका छन् । धामीले सदनमा बोल्दै २०७० सालको विनाशकारी बाढीपछि नेपालतर्फको वन कार्यालयको करिब ५० रोपनी जग्गा भारतले तटबन्ध निर्माण गरेर अतिक्रमण...

लोकप्रिय