समाचार
सहुलियत दरको चामल बिक्री रोकियो
दार्चुला, असार २१ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुलामा बिक्री गर्दैआएको सहुलियत दरको चामल बिक्री कार्य शुक्रवारदेखि रोकिएको छ । निर्धारित परिमाणमा चामल बिक्री भइसकेकोले खलंगा र खण्डेश्वरीमा सहुलियत दरको चामल बिक्री रोकिएको कम्पनीले जनाएको छ ।
सरकारी स्वामित्वको खाद्य कम्पनीले दार्चुलामा ५ सय क्वीन्टल चामल सहुलियत दरमा...
कोरिडोरको नयाँ ठेक्काले कहाँसम्म पुग्छ कालोपत्रे सडक ?
दार्चुला, असार २० गते ।
महाकाली कोरिडोर सडक योजनाले सडक कालोपत्रेको नयाँ ठेक्का निकालेको छ । अर्थ मन्त्रालयबाट गत वैशाख २९ मा बहुवर्षिक ठेक्काको स्रोत सहमति प्राप्त भएपछि योजना कार्यालयले असार १८ गते टेण्डरको सुचना प्रकासित गरेको हो ।
कोरिडोरअन्तर्गत दार्चुला सदरमुकामभन्दा माथिको सडक खण्डमा सडक कालोपत्रे गर्न ठेक्का...
थप २७ व्यापारी पुगे ताक्लाकोट
दार्चुला, असार २० गते ।
दार्चुलाको टिंकर नाका भएर थप २७ जना व्यापारी चीनको ताक्लाकोट बजार पुगेका छन् । ताक्लाकोटमा परम्परागत व्यापार गर्न व्यास क्षेत्रका व्यापारीका लागि असार १८ गते दोस्रो पटक नाका खोलिएको हो ।
चीनको प्रशासनले यो वर्ष ताक्लाकोट प्रवेशका लागि दोस्रोपटक नाका खोलेको हो । यसअघि असार...
आदि कैलाश यात्रामा रोक
दार्चुला, असार १९ गते ।
भारतको पिथौरागढ जिल्ला प्रशासनले आदि कैलाश तथा ओम पर्वत यात्रामा रोक लगाएको छ । विहिवार दिउसोदेखि अर्को सुचना जारी नहुदासम्म यात्रामा रोक लगाइएको जानकारी सार्वजनिक गरिएको छ ।
मनसुनका कारण यात्रामा रोक लगाउनुपरेको प्रशासनको भनाई छ । पिथौरागढका डिएम आशीष भटगाइलाई उद्दृत गर्दै स्थानीय...
दार्चुलाका तीन छोटी भन्सार खारेज, टिंकरमा राखिने
दार्चुला, असार १७ गते ।
सरकारले दार्चुलाका तीन छोटी भन्सार कार्यालय खारेज गरेको छ । नयाँ भन्सार नियमावली जारी गर्दै सरकारले सीतापुल, दत्तु र जोलजिवीको छोटी भन्सार कार्यालय खारेज गरेको हो । चीनसंगको नाका टिंकरमा भने छोटी भन्सार कार्यालय रहने भएको छ ।
रास्वपा नेतृत्वको सरकारले ल्याएको नयाँ भन्सार...
लटिनाथमा जिल्लाभरीमै सस्तो ग्यास सिलिण्डर
दार्चुला, असार १७ गते ।
मार्मा गाउँपालिकाको केन्द्र लटिनाथ बजारमा दार्चुला जिल्लाभरीमै सस्तो ग्यास सिलिण्डर बिक्री भइरहेको छ । आधा भरिएको खाना पकाउने ग्यास लटिनाथ बजारमा १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । सदरमुकाम खलंगामा भने सिलिण्डरको मूल्य १४ सय ५० रुपैयाँ रहेको छ ।
लटिनाथस्थित मार्माली सिंह...
दोस्रो पटक दुम्लिङ पुग्दैछन् हर्क साङपाङ
दार्चुला, असार १५ गते ।
आफैले शिलान्यास गरेको झोलुंगेपुलको उदघाटन गर्न श्रमशक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साङपाङ सोमबार दुम्लिङ पुग्दैछन् । आइतवार साँझ धनगढीबाट नेपालकै बाटो भएर दार्चुला सदरमुकाम पुगेका साङपाङ सोमबार विहानै व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङतर्फ लागेका छन् ।
साङपाङले गत चैत्र २४ गते...
बैतडीभन्दा दार्चुलामा ग्यास सिलिण्डरको भाडा र मुनाफा दोब्बर
दार्चुला, असार १५ गते ।
नेपाल आयल निगमले हाल उपलब्ध गराउदैआएको आधा भरिएको ग्यास सिलिण्डरको उपभोक्ता मूल्य दार्चुलामा अत्यधिक रहेको छ । सदरमुकाम खलंगा क्षेत्रमा सुदूरपश्चिम प्रदेशकै उच्च मूल्यमा ग्यास सिलिण्डर बिक्रीवितरण भइरहेको छ ।
छिमेकी जिल्ला बैतडी सदरमुकाममा आधा भरिएको ग्यास सिलिण्डर १२ सय ५० रुपैयाँमा बिक्रीवितरण भइरहेको छ...
सुदूरपश्चिमभरीमै दार्चुलामा महंगो ग्यास
दार्चुला, असार १५ गते ।
सुदूरपश्चिमका नौवटा जिल्लामध्ये सबैभन्दा महंगोमा खाना पकाउने ग्यास दार्चुलामा विक्रीवितरण भइरहेको छ । प्रभावकारी अनुगमन र नियमन नगरिदा व्यापारीले चर्को मूल्यमा ग्यास सिलिण्डर बिक्री गर्दैआएका छन् ।
विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले ग्यासको आधा सिलिण्डर बिक्री वितरण गर्दैआएको छ ।...
भारतबाट तरकारी आयातमा रोकपछि भन्सार महशुल घट्यो
दार्चुला, असार १४ गते ।
भारतबाट तरकारी आयातमा रोक लगाएपछि भन्सार महशुलमा गिरावट आएको छ । दार्चुला भन्सार कार्यालयले गत जेठ महिनामा आयाततर्फ ३ लाख २८ हजार ८२४ रुपैयाँ मात्रै भन्सार महशुल संकलन गरेको छ ।
वैशाख महिनामा भने आयातमा ७ लाख ६ हजार ४७६ रुपैयाँ र निर्यातमा ३...
लक्ष्यभन्दा आठ लाख बढी भन्सार संकलन
दार्चुला, असार १३ गते ।
दार्चुला भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठसम्म वार्षिक लक्ष्यभन्दा ८ लाख रुपैयाँ बढी भन्सार महशुल संकलन गरेको छ । वार्षिक १ करोड ५० हजार भन्सार महशुल संकलनको लक्ष्य राखिएकोमा जेठ मसान्तसम्मको अवधिमा १ करोड ८ लाख ७१ हजार ८२२ रुपैयाँ भन्सार महशुल संकलन गरिएको...
चीनका लागि भारतीय राजदूत लिपुलेकमा
दार्चुला, असार १२ गते ।
चीनका लागि भारतीय राजदूत विक्रम दोराईस्वामीले चीनिया भूमिबाट लिपुलेकको भ्रमण गरेका छन् । लिपुलेकबाट कैलाश–मानसरोवर यात्रा र व्यापार गर्ने भारत–चीनको सम्झौताप्रति नेपालले आपत्ति जनाइरहेको बेला चीनका लागि भारतीय राजदूतले लिपुलेक नाकाको भ्रमण गरेका हुन् ।
बेइजिङबाट तिब्बतको ल्हासा हुँदै कैलाश–मानसरोवर क्षेत्र पुगेका राजदूतले...
बालेन क्याविनेटका सात मन्त्रीले चुनाव जिते, श्रममन्त्रीले हारे
दार्चुला, असार १३ गते ।
रास्वपाकाे प्रथम महाधिवेशनमा बालेन मन्त्रिपरिषद्का सातजनाले केन्द्रीय सदस्यकाे निर्वाचन जित्दा श्रममन्त्री रामजी यादव भने पराजित भएका छन् ।
मन्त्री यादवले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला केन्द्रीय सदस्यका लागि २ सय १० जना उम्मेदवार चुनावी मैदानमा थिए ।
बालेन नेतृत्वको सरकारका १७...
नेपाली व्यापारीलाई भारतियभन्दा पहिला स्वागत
दार्चुला, असार १० गते ।
चीनकाे तिब्बतस्थित ताक्लाकाेट बजारमा दार्चुलाका नेपाली व्यापारीलाई भारतियभन्दा पहिला स्वागत गरिएको छ । काेभीड महामारीका कारण छ वर्षसम्म बन्द रहेको भारत-चीन व्यापार याे वर्षदेखि खाेल्ने तयारी छ । तर लिपुलेक नाकाबाट ताक्लाकाेट प्रवेश गर्ने भारतिय व्यापारीभन्दा पहिला नेपाली व्यापारीलाई टिंकर नाकाबाट प्रवेश गराइएको छ ।
सन्...
दार्चुलाका व्यापारी पुगे ताक्लाकाेट
दार्चुला, असार १० गते ।
परम्परागत व्यापारकाे सिलसिलामा दार्चुलाका व्यापारीहरूकाे टाेली मंगलबार चीनकाे ताक्लाकाेट बजार पुगेको छ । पवित्र कैलाश-मानसरोवरकाे आधार क्षेत्र रहेकाे ताक्लाकाेट बजारमा दार्चुलाका व्यासी शाैका समुदाय र स्थानीयले व्यापार गर्दैआएका छन् ।
याे वर्ष पहिलोपटक व्यापारीसहित ६२ जनाकाे टाेली टिंकर नाका हुँदै ताक्लाकाेट प्रवेश गरेकाे सशस्त्र प्रहरी र...
























