होली पर्वलाई मध्यनजर गर्दै पिथौरागढ प्रहरीद्धारा बलुवाकोटमा छलफल

0
1146

दार्चुला, चैत्र ९ गते ।
नजिकिदै गरेको होली पर्वलाई लक्षित गर्दै भारतको पिथौरागढ प्रहरीले बलुवाकोटमा सरोकारवालाहरु संग छलफल गरेको छ ।

होली पर्वमा शान्ती सुरक्षा र कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि मनाउने विषयमा सरोकारवालाहरु संग छलफल गरिएको पिथौरागढ प्रहरीले जनाएको छ । पिथौरागढ प्रहरी प्रमुख एसपी सुखबीर सिहको निर्देशन अनुसार धार्चुला तहशिलका पुलिस उपाधिक्षक ओपी शर्मा नेतृत्वको प्रहरी टोलीले बलुवाकोट प्रहरी थाना क्षेत्र अन्र्तगत रहेका सरोकारवाला नागरिकहरु संग छलफल गरेको हो । होली पर्वलाई शान्त वतावरणमा तथा कोभिड १९ लाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर मनाउन प्रहरीले अनुरोध गरेको छ । होली पर्वमा आफ्ना पसलहरुमा रहेका सिसिटीभी अनिवार्य रुपमा खुला गर्ने विषयमा समेत प्रहरी र ब्यापारीहरु विच छलफल भएको छ । छलफल कार्यक्रममा उपस्थित नागरिकहरुले समाज र कानुन विरुद्ध हुने कामहरु रोकथामका लागि प्रहरीलाई सहयोग गर्ने सहमती जनाएका छन् । होली पर्वमा हुने अपराधका साथै साइबर अपराध, युवाहरुमा बढीरहेको नसालु पर्दाथको सेवन लगायत महिला हिंसा, घरेलु हिंसा सम्बन्धी प्रहरी हेल्पलाईन ११२ र १०९० मा सम्पर्क गर्न पिथौरागढ प्रहरीले अनुरोध गरेको छ ।