शैल्यशिखर ५ मा आधारभुत स्वास्थ्य इकाई केन्द्र स्थापना

0
707

दार्चुला, असोज ८ गते ।
शैल्यशिखर नगरपालिकाले वडा नम्बर पाँच ओखणानीमा आधारभुत स्वास्थ्य इकाई केन्द्रको स्थापना गरेको छ ।
स्वास्थ्य सेवामा नागरिकहरुको पहुच विस्तारका लागि ओखणानीमा आधारभुत स्वास्थ्य इकाई केन्द्रको स्थापना गरिएको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीले जानकारी दिनुभयो ।
नगर प्रमुख धामीको प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्ट विशिष्ट अतिथि रहनुभएको थियो ।
आधारभुत स्वास्थ्य इकाई केन्द्रको भवन निर्माण सम्पन्न नभए सम्म स्थानिय भान सिह डागाले आफ्नो भवनमा निःशुल्क रुपमा कोठा उपलब्ध गराएका छन् ।
गत आर्थिक बर्षमा क्रमागत योजना अन्र्तगत ४ कोठे भवन निर्माण गरिएको र केहि बाकि रहेकाले ३ लाख बजेट यस आर्थिक बर्षमा विनियोजन गरि बाकि काम भइरहेको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख धामीले जानकारी दिनुभयो ।
आधारभुत स्वास्थ्य इकाई केन्द्रमा एक जना अहेब, कार्यालय सहयोगी र स्विपर गरि तिन जनाको दरबन्दी ब्यवस्थापन गरि आजैबाट सेवा सुचारु गरिएको छ ।