बझाङका स्थानिय तहहरुले सञ्चालनमा ल्याए कोरोना परिक्षण प्रयोगशाला

845

बझाङ, असोज ८ गते ।
बझाङका स्थानिय तहहरुले मिलेर कोरोना परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएका छन् । जिल्ला अस्पताल बझाङमा स्थापना गरिएको कोरोना परिक्षण प्रयोगशाला आजबाट सञ्चालनमा आएको अस्पतालले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।
बझाङमा कोरोना परिक्षण प्रयोगशाला स्थापना भएपछि कोरोना परिक्षणका लागि स्वाबहरु धनगढी र डडेलधुरा पठाउनुपर्ने अवस्थाको अन्त्य भएको जिल्ला अस्पताल बझाङका डाक्टर सन्दीप ओखेडाको भनाई छ ।
प्रयोगशालामा एक दिन दुई सय नमुना जाँच गर्र्न सक्ने क्षमता रहेको उहाँले जानकारी जानकारी दिनुभयो । मेसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वय समितिले १५ लाख र गाउँपालिकाहरुले १५/१५ लाख बजेट छुट्याएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !