दार्चुलामा पनि राष्ट्रिय परिचय पत्रको दर्ता सुरु

711

दार्चुला, असोज ८ गते ।
दार्चुलामा पनि राष्ट्रिय परिचय पत्र दर्ता सुभारम्भ गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा जनप्रतिनिधीहरुले राष्ट्रिय परिचयपत्रमा पहिलो पटक नाम दर्ता गरि कार्यक्रमको उद्धघाटन गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की, महाकाली नगरपालिका प्रमुख हंसराज भट्ट तथा मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको राष्ट्रिय परिचपत्रमा नाम दर्ता गरि उद्घाटन गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो । जनप्रतिनिधिहरु संगै आज नागरिकता लिएकाहरुको पनि राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा दर्ता गरिएको राष्ट्रिय परिचय पत्रको विवरण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पुग्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !