लिपुलेक जोड्ने सडकमा ८५ प्रतिशत काम सम्पन्न: भारतीय मन्त्री गडकरी 

0
914
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

दार्चुला, चैत्र १८ गते । 
भारत सरकारका केन्द्रिय मन्त्री नितिन गडकरीले अतिक्रमित नेपाली भूमी क्षेत्र जोड्ने कैलाश मानसरोवर सडकमा ८५ प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।

भारतको तल्लो सदन लोकसभालाई सम्बोधन गर्दै गडकरीले यस्तो बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मन्त्री गडकरीले २०२४ को लोकसभा निर्वाचन भन्दा पहिले मानसरोवर सडकको निर्माण कार्य सम्पन्न गर्ने बताएका छन् । चीन र नेपालको बाटो भएर मानसरोवर जानुपर्ने बाध्यता छिटै अनत्य हुने उहाँको भनाई छ । सैनिक हेलिकोप्टर तथा विमानहरुबाट सडक निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणलाई तिव्रता दिइएको छ ।