रीता बचाउ अभियानमा नमुना मावि चौपाताबाट २८ हजार सहयोग

0
623

दार्चुला, फागुन १३ गते ।
लेकम गाउँपालिका वडा नं ५ मा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर चौपाताले ‘रिता बचाऔँ’ अभियानलाई ३८ हजार सहयोग गरेको छ । अभियानका लागि शिक्षक तथा विद्यार्थीहरुबाट संकलित उक्त रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

दार्चुलाको लेकम गाउँपालिका वडानम्बर १ सर्मोली गाजरी बस्ने १३ वर्षिय रिता बोहरालाई ब्लड क्यान्सर भएकाले उपचारको रकम अभावको कारण अभियान्ताहरुले रिता बचाऔ अभियान सञ्चालन गरि सहयोग संकलन गरिरहेका छन् । पारिवारिक स्थिति कमजोर भएकाले ब्लड क्यान्सरको उपचारमा समस्या भएपछि अभियान्ता दिपक विष्टले रीता बताउ अभियान चलाएका छन् । रिता बचाऔँ अभियानमा नमुना माध्यमिक विद्यालय चौपाताका विद्यार्थीहरुबाट १४ हजार तथा विद्यालय परिवारको तर्फबाट १४ हजार रुपैयाँ सहयोग गरेको अभियन्ता विष्टले जानकारी दिनुभयो ।

हुनैनाथ मावि कुणिबाट ५ हजार सहयोग

त्यसैगरि लेकम गाउँपालिका वडा नं २ मा रहेको हुनैनाथ मावि कुणीले रिता बचाऔ अभियानलाई पाँच हजार भन्दा बढी रकम सहयोग गरेको छ । मावि कुणिले रीता बचाऔ अभियानमा पाँच हजार ६ सय रुपैयाँ सहयोग गरेको अभियान्ता विष्टले बताउनुभएको छ । १३ वर्षकै उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोगबाट पीडित रीता बोहराको अहिले काठमाण्डौँ स्थित बालकान्ति हस्पिटलमा उपचार भइरहेको छ ।