दुहुँमा एक जना पुरुषले गरे आत्महत्या

0
724

दार्चुला, फागुन १४ गते ।
दुहु गाउँपालिकाको वडा नं ५ सुतखोलामा एक जनाले आत्महत्या गरेका छन् । सुत्खोला बस्ने ५२ बर्षिय नरइने बडालले झुण्डिएर आत्महत्या गरको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

शुक्रबार घरमा झुण्डीएको अवस्थामा भेटिएको भन्ने जानकारी पाएपछि हिकिला प्रहरी चौकीबाट प्रहरी साहयक निरीक्षक र इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी निरीक्षकको प्रहरीटोली खटीएर घटनाबारे मुचुल्का लिएको थियो । शबको पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।