दार्चुलाका प्रमुख जिल्ला अधिकारी पोखरेलको सरुवा

0
1069
फोटोः प्रमुख जिल्ला अधिकारी पोखरेलको फेसबुकबाट

दार्चुला, फागुन १४ गते । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको सरुवा भएको छ ।

गृह मन्त्रालयले व्यापक रूपमा सह–सचिव र उपसचिव (सिडिओ)हरूको हेरफेर गरेको छ । गृह मन्त्रालयले शुक्रबार २५ जना सहसचिव र २७ उपसचिवको सरूवा गर्ने निर्णय गरेको छ । जसअनुसार दार्चुलाका प्रमुख जिल्ला अधिकारी पोखरेलको जिल्ला प्रशासन कार्यालय मोरङमा सरुवा भएको छ । दार्चुलामा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयमा कार्यरत उप सचिव सिद्धराज जोशी आउनुहुनेछ ।