‘रिता बचाऔँ’ अभियानमा मावि खलंगाबाट २० हजार सहयोग

0
648

दार्चुला, माघ १८ गते । दार्चुला सदरमुकाममा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय खंलगाले ‘रिता बचाऔँ’ अभियानलाई झण्डै २० हजार सहयोग गरेको छ । अभियानका लागि शिक्षक तथा विद्यार्थीहरुबाट संकलित उक्त रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । दार्चुलाको लेकम गाउँपालिका वडानम्बर १ सर्मोली गाजरी बस्ने १३ वर्षिय रिता बोहरालाई ब्लड क्यान्सर भएकाले उपचारको रकम अभावको कारण अभियान्ताहरुले रिता बचाऔ अभियान सञ्चालन गरि सहयोग संकलन गरिरहेका छन् ।

पारिवारिक स्थिति कमजोर भएकाले ब्लड क्यान्सरको उपचारमा समस्या भएपछि स्याङजाकी अभियन्ता सरस्वती काफ्ले र दार्चुला लेकमका दिपक विष्ट लगायतका अभियन्ताहरुले रीता बताउ अभियान चलाएका छन् । मलेसियामा रोजगारी गरी फर्किका रीताका बुवाले कमाएको पैशा सकिएपछि उपचारका लागि समस्या परेपछि अभियन्ताहरुले रीता बचाउन अभियान चलाउनु परेको अभियन्ता सरस्वती काफ्ले बताउनु भयो । रिता बचाऔँ अभियानमा नमुना माध्यमिक विद्यालय खंलगाका शिक्षकहरुले ६ हजार ३ सय ३७ रुपैया र विद्यार्थीहरुले १३ हजार ९ सय ४९ गरि जम्मा २० हजार २ सय ८६ रुपैया सहयोग गरेको रिता बचाऔ अभियान संयोजक दिपक विष्टले बताउनुभयो । १३ वर्षकै उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोगबाट पीडित रीता बोहराको अहिले काठमाण्डौँ स्थित बालकान्ति हस्पिटलमा उपचार भइरहेको छ । रीता बोहराको स्वास्थ्य खतरा मुक्त भएपनि उपचारका लागि ३० लाख रुपैयाँ जति लाग्ने चिकित्सकबाट जानकारी पाएको अभियन्ता बिष्टले जानकारी दिनुभयो ।