पाचँ दिनमा ६ सय बढीले लगाए कोरोना विरुद्धको खोप, माघ २१ गते सम्म लगाईने

0
685

दार्चुला, माघ १८ं गते ।
दार्चुलामा पाँच दिनको अवधिमा ६ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट सुरु गरिएकोमा आईतबार सम्म ६ सय २७ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

भारत सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको खोपको पहिलो चरणमा अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोना संक्रमणबाट मृत्यु भएकोहरुको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय दार्चुलाले दार्चुला भरिका लक्षित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाईकर्मीहरुलाई माघ १४ गते देखि १८ गते सम्म कोरोना खोप लगाउने तालिका बनाएको थियो । पाँच दिनको अवधिमा ६ सय २७ जनाले मात्रै खोप लगाएकाले माघ २१ गते सम्म खोप लगाइने सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । दार्चुलामा १ हजार १ सय ५० जना लक्षित ब्यक्तिहरुलाई पहिलो चरणमा खोप लगाउन छनोट गरिएको छ । खोप अभियानका लागि दार्चुलालाई १ हजार ३ सय ९० कोभिसिल्डको भ्याक्सीन प्राप्त भएको थियो ।