महाकाली पारि अबैध बालुवा उत्खननमा रोक

0
895
फोटोः दार्चुलाको महाकाली नदी किनारमा बालुवा उत्खनन गर्दै स्थानिय

दार्चुला, साउन १ गते ।
भारतको धार्चुलामा अबैध बालुवा उत्खनन रोक लगाइएको छ । उच्च अदालतले महाकाली किनारमा हुने अबैध बालुवा उत्खननमा रोक लागाएपछि धार्चुला प्रहरीले उत्खनन रोक अभियान चलाएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । प्रहरी एसआई पुजा रानीको नेतृत्वमा अनुगमनमा स्टेडियम र पुल छेउको महाकाली नदी किनारमा उत्खनन गरेर थुपारिएको बालुवा नष्ट गरेको कोतवाल धार्चुलाका प्रमुख विजेन्द्र शाहले बताएका छन् ।
उच्च अदालतले रोक लगाएको अवस्थामा पनि उत्खनन गरेर किनारमा बालुवा थुपारिएको पाइएपछी बालुवा उत्खनन बारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।