कृर्षि ज्ञान केन्द्र र पशु सेवा केन्द्रको उद्धघाटन

0
1227

दार्चुला, साउन १ गते ।
दार्चुलामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृर्षि ज्ञान केन्द्र कार्यालयको स्थापना गरिएको छ ।
नयाँ संरचना अनुसार सुदुरपश्चिम प्रदेश सरकारले यसअघि दार्चुला र बैतडीको गरि बैतडीमा कृर्षि ज्ञान केन्द्र राखेको थियो भने दार्चुलामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीको सम्पर्क कार्यालयको संरचना राखेको थियो ।
सुदुरपश्चिम प्रदेश सरकारको मन्त्री परिषदले प्रत्येक जिल्लाहरुमा कृर्षि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेपछि नयाँ आर्थिक बर्षको पहिलो दिन दुबै कार्यालयहरुको दार्चुलामा उद्धघाटन गरिएको छ ।
साविकको कृर्षि विकास कार्यालय र हालको स्याउ जोनको भवनको तल्लो तलामा कृर्षि ज्ञान केन्द्र दार्चुलाको स्थापना गरिएको छ भने साविकको पशु सेवा कार्यालय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीको सम्पर्क कार्यालयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना गरिएको छ ।
कृर्षि ज्ञान केन्द्रमा १३ जना कर्मचारीको दरबन्दी रहेको कृर्षि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनुभयोे ।
कृर्षि ज्ञान केन्द्र कार्यालयमा ७ जना प्राविधिक र ६ जना कर्मचारी रहने बताइएको छ । हाललाई एक जना कार्यालय प्रमुखको भरमा कार्यालयको उद्धघाटन गरिएको छ । कार्यालयमा साउनको १५ गते सम्म कर्मचारी ब्यवस्थान भइसक्ने उहाँको भनाई छ ।
सुदुरपश्चिम प्रदेश भुमि ब्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालय बाट मन्त्री स्तरको भ्रमण दार्चुला हुने कार्यतालिका रहेकाले बृहत रुपमा कृर्षि ज्ञान केन्द्रको उद्धघाटन सोही बेला गर्ने तयारी रहेको कार्यालय प्रमुख एबं कृर्षि विकास अधिकृत पन्तको भनाई छ ।
स्थानियतहरुका कृर्षि शाखा संग समन्वय गरि प्राविधिहरुको तालिम लगायत कृर्षि प्रविधि, अनुदान, सहुलियत लगायतका क्षेत्रका कृर्षी ज्ञान केन्द्रले कार्य सञ्चालन गर्ने उहाँको भनाई छ ।
त्यसैगरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीको सम्पर्क कार्यालयको सट्टा दार्चुलामा अब कार्यालय नै रहने छ ।
कार्यालयहरुको उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख करबिर बहादुर कार्की, महाकाली नगरपालिका उप प्रमुख सुना बोहरा, साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवर लगायतको सहभागिता रहेको थियो ।