महाकाली नदी तरेर ९ जना नेपाल भित्रिए

0
903

विरा दत्त भट्ट, दार्चुला ।

लकडाउनले नेपाल भारत सिमानाका बन्द भएपछि भारतमा रहेका नेपालीहरु महाकाली नदी तरेर नेपाल भित्रिने क्रम बढेको छ । बुधबार विहान ५ बजे भारतको धार्चुला स्थित मिनि स्टेडियम राहत शिवरमा रहेका नौगाड गाउँपालिकाका ९ जना महाकाली नदी तरेर नेपाल भित्रीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिका वडा नं ६ घर भएका गणेश टमटा, पुस्कर टमटा, हरिष टमटा, कासी कामी, सुरेन्द्र टमटा, मानसिह टमटा, पुस्कर टमटा, नन्दराम टमटा र उमेश ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नजिकैको महाकाली नदी तरेर उनिहरु विहान ५ बजे नेपाल भित्रिएको बुझिएको छ ।
सबैको स्वास्थय परिक्षण गरि महाकाली नगरपालिकाले ब्यवस्थापन गरेको महेन्द्र नमुना मावि स्थित क्वारेन्टाइनमा राखीएको प्रहरी निरक्षक भास्कर चन्दले जानकारी दिएका छन् ।
लकडाउन अवधिमा मंगलबार सम्म २ सय ९ जना भित्रिएका थिए भने बुधबार ९ जना भित्रीएपछि लकडाउन अवधीमा भारतबाट महाकाली नदी तरेर भित्रिने नेपालीको संख्या २ सय १८ पुगेको छ ।